काठमाडौं/ राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले संसदमा पेश गरेको बजेटले नेपालको आर्थिक समस्या समाधानमा कुनै भुमिका खेल्न नसक्ने भन्दै यो बजेटलाई ऋण लिएर घिउ खाने बजेट भनि टिप्पणी गरेका छन ।

राष्ट्रिय सभामा बोल्ने क्रममा शुक्रबार उनले देशको उत्पादन खुम्चिरहेको अवस्थामा ऋणको भार बोकेर आएको बजेट यथार्थको धरातलभन्दा धेरै टाढा रहेको समेत दाबी गरे । बजेट यथार्थ परक नभई ऋण लिएर पनि घिउ खानु पर्छ भन्ने चिन्तनबाट ग्रस्त भएको दाहालको भनाई थियो ।

बजेट माथिको छलफल मन्तव्य प्रतियोगीता जस्तो मात्र भएको उल्लेख गर्दै उनले भने–‘प्रतियोगीता भए प्रथम, द्वितिय छुट्याईन्थ्यो होला, त्यो पनि नहुने भएकाले यो त मन्तव्यको होडबाजीजस्तो मात्र भईरहेको छ ।’
सत्तापक्षले बजेटमा उल्लेख गरिएका ‘कमा– फुलिष्टप’ समेत परिवर्तन नुहुने बताउनुले संसदमा छलफल चलाउनुनै व्यर्थ मात्र भएको उनको टिप्पणी छ । प्रतिपक्षीले जति आलोचना र विरोध गर्यो बजेटलाई उतिनै सफल भएको ठान्ने सत्तापक्षको धारणा दरिद्र चिन्तनको प्रतिकमात्र भएको समेत नेता दाहाले बताए ।

‘प्रमको भारत भ्रमणले शिर निहुरियो’

दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबाट शिर निहुर्याएर आएको तर्क गरे ।

प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा राष्ट्रियताका कुनै विषय नउठाएको, नेपालीभुमिलाई भारतले आफ्नो नक्सामा राख्दा समेत केही नभनेको जस्ताविषयले शिर निहुरिएको पुष्टि गरेको पनि बताए ।
भारतको संसद भवनमा नेपाली भुमि समेत समेटेर नक्सा राख्नु आपत्तीजनक भएको बताउँदै नेता दाहालले कुनै बेला संसार भरि शासन गरेको बेलायतले के आफ्नो देशको संसदमा बिगतको त्यो भुमि समेटेको नक्साजारी गरेको छ ? भनि प्रश्न पनि गरे । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले आफ्नो नक्साजारी गरि सकेको अवस्थामा समेत आफ्नो भुमिबारे नबोल्ने, भारतले नेपालको ठुलो भुभाग समेटर नक्सा बनाउँदा नबोल्ने जस्ता कुराले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको मात्र नभई, शिर निहुरिने ढंगको भएको उनको टिप्पणी थियो ।

Facebook Comments Box