दमक/ मोरङको बुढिगंगा गाउँपालिका–४ कोशी लोकमार्गमा ट्रकको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।
आज बिहिबार दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाईते भएका स्थानिय साईकल यात्री ६० बर्षीय बिर बहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ बर्षीय लक्ष्मी सरदार रहेका छन् । आज बिहान साढे १० आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढेर हरियो बाँसले आँप झार्ने क्रममा अचानक बिजुलीको तारमा छुदा करेन्ट लागेको थियो । उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।