दमक/ यामाहाले नयाँ स्कुटर रे जेडआर १२५ सिसिको हाइब्रीड दमकमा सार्वजनिक गरेको छ । दमकको क्रिसभ कमर्सियलले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठको उपस्थितिमा रे जेडआर हाईब्रीड स्कुटर सार्वजनिक गरेको हो ।
प्रमुख अतिथि श्रेष्ठ र क्रिसभ कमर्सियलका सञ्चालक सञ्जु पराजुलीले संयुक्त रुपमा सो स्कुटर सार्वजनिक गरेका हुन् ।
यो स्कुटर स्मार्ट मोटर जेनेरेटरसहितको नेपालमा आयात गरि सार्वजनिक गरिएको पहिलो हाइब्रीड स्कुटर भएको जनाइएको छ ।

स्ट्यान्डर्ड डिलक्स र प्रीमियम तथा प्रीमियम प्लसमा उपलब्ध यो स्कुटर एयर कुलिङ सिस्टम र एफ आई सिस्टममा ब्लु कोर ईन्जिन रहेको क्रिसभ कमर्सियलकी सेल्स प्रतिनिधि आरती संग्रौलाले बताइन् ।
स्कुटरको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ईमको बजार मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँबाट शुरु हुने जनाएको छ । स्कुटर सार्वजनिक कार्यक्रममा नेपालको यामाहाको अधिकारिक एम ए डब्लु का एरिया सेल्स म्यानेजर कुन्दन भण्डारी र एरिय सर्भिस इन्जिनियर नितिन साह, दमकका सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरु ,ग्राहक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box