दमक/दमक ४ स्थित लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाले आफ्नै कार्यालय प्राङगणमा आयोजना गरेको रक्तदानमा ४५ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष बुद्धिलाल धिमालको अध्यक्षता र वडा नं ४ का वडाध्यक्ष कुमार साम्सुहाङको प्रमुख आतिथ्यमा भएको सो रक्तदान कार्यक्रममा दमक ९ का वडाध्यक्ष राम बहादुर धिमाल, सामाजिक व्यक्तित्व तथा सहकारीका सल्लाहकार सहसंयोजक केन्द्र बहहादुर प्रसाइँ, नम्बरलाल धिमाल, गजेन्द्र धिमाल लगायतले सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाको प्राविधिक सहयोगमा भएको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव मणिराज धिमालले गरेका थिए ।

Facebook Comments Box