दमक/झापाको दमक ९ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान वडा समितिको दोश्रो बार्षिक साधारण सभासहित ज्येष्ठहरुको सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धेश्वर शिवालय मन्दिरको सभाहलमा आज आयोजना गरिएको सो सभाले प्रतिष्ठानको वडा समितिलाई पूर्णता दिनुका साथै सल्लाहकार समितिको समेत अनुमोदन गरेको छ । वडा समितिमा रहेका ४ जना सदस्यहरुको नियमित ३ पटक सम्म बैठकमा अनुपस्थिती रहेका कारण सो ठाउँमा पदपूर्ति गर्दै वडा सदस्य समनि रिजालको संयोजकत्वमा गठन गरिएको सल्लाहकार समितिलाई पूर्णता दिइएको हो ।

सभामा प्रतिष्ठानका अध्यक्ष अमृत बहादुर विष्टले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेमकुमारी रिजाल ( पुनम)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष विष्टद्धारा प्रस्तुत प्रतिवेदनमा प्रतिष्ठानका बार्षिक गतिबिधिहरु समेटिनुका साथै आगामी कार्यक्रमहरुका बारेमा समेत उल्लेख गरिएको छ । कोषाध्यक्ष रिजालले प्रस्तुत गरेको प्रतिवेदनमा हाल सम्म आजिवन सदस्यता ५० जनाले लिएका उल्लेख छ । प्रतिष्ठानमा हाल ४० हजार ९ सय ७ रुपैयाँ बैंक मौज्दात रहेको पनि प्रतिवेदनमा जनाइएको छ ।
दमक ९ का वडाध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडा,असहाय मानव सेवा समाजकी अध्यक्ष चेतना निरौला लगायतले शुभकामना मन्तव्य राख्दै ज्येष्ठहरुको स्याहार सुसार र संरक्षणमा जोड दिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वडा समिति सचिव कृष्ण भट्टराईले गरेका थिए ।

Facebook Comments Box