काठमाडौं/ नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई अस्तित्वमानै नभएको विधेयक भनि टिप्पणी गरेका छन ।  अस्तित्वमानै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेर संविधानउल्लङ्घन गरेको दाहालको आरोप छ ।
पार्टीका पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभामा संसदीय दलका नेता समेत रहेका दाहालले राष्ट्रपतिको यो कदमबाट संविघानको घोर उल्लङ्घन भएको पनि दाबी गरे ।
अस्तित्वमानैं नभएको नागरिकता बिधेययक प्रमाणीकरण गर्न लगाएर वा गरेर सरकार र राष्ट्रपतिदुवैले संविधानको घोर उल्लङ्घन गरेको नेता दाहालको तर्क छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकताबिहिन अवस्थामा रहेका सवै नेपालीले अनिवार्य नागरिकता पाउनु पर्ने बिषयमा एमाले प्रष्ट रहेको तर निष्क्रिय भई सकेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु आपत्तिजनक भएको जिकिर गरेका हुन । उनले यो विषयलाई एमालेले सडक र सदन सवै तिरबाट बिरोध गर्ने पनि जानकारी दिए ।
दाहालले भनेका छन– संसद चलिरहेको बेला विधेययक सिफारिस गर्ने सरकारलाई कहाँ छ, अधिकार ? भनेर प्रश्न पनि गरेका छन ।

 

Facebook Comments Box