दमक/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन । उनलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् ।
चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री दाहाल गएका हुन । प्रधानमन्त्री दाहाल गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन् । दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर समेत हुनेछ । दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । साथै, प्रधानमन्त्री प्रचण्ड दिल्लीमा राजनीतिक भेटघाट सकेर मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कने छन् ।

 

 

Facebook Comments Box