पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे –२ स्थित जयचोकमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार अपरान्ह करीब पश्चिमबाट पुर्व जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको यात्रुवाहक बसले पथरी शनिश्चरे –२ का ५० बर्षिय यज्ञ थापाको घटनास्थलमै मृत्यु भएको हो ।
पथरी बजारदेखि करिब २ किलोमिटर पूर्वमा रहेको घटनास्थलमा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोली तत्कालै पुगेको थियो । साईकल यात्रीलाई ठक्कर दिने बस र झापाको बिर्तामोड नगरपालिका २ का ४६ वर्षिय बस चालक प्रकाश पाठकलाई ईप्रका पथरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।