दमक/ दमकस्थित निर्णायक रेफरेन्स ल्यावले पाँचौं बार्षिकोत्सव मनाएको छ । दमकमा पहिलो रेफरेन्स ल्याबका रुपमा अत्याधुनिक प्रविधियुक्त सो ल्याब सञ्चालनमा रहेको सञ्चालकहरुको दाबी छ ।
बार्षिकोत्सवको अवसर पारेर सोमबार ल्यावमा आयोजित संक्षिप्त कार्यक्रममा ल्यावकी कर्मचारी मिना मलिकले केक काटेर बार्षिकोत्सव उदघाटनको संकेत गरिन ।
स्वास्थ्य सेवा क्षेत्रका ल्याव सञ्चालक, ल्याव सेवाका प्राविधिक टोली, नर्स, कर्मचारी र स्थानीय सञ्चारकर्मीहरुको उपस्थितिमा आयोजित सो कार्यक्रममा ल्यावका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीले सस्तो दरमा विश्वसनिय र भरपर्दो सेवा दिइरहेको उल्लेख गरे ।
कार्यक्रममा ल्याबका सञ्चालक तथा कम्पनीका पूर्व कार्यकारी अधिकृत तेजकुमार घिमिरे र ल्याब टेक्नीसियन सुमन निरौलाले पनि यो ल्याब मापदण्ड अनुरुप स्तरीय ल्याबका रुपमा रहेको जानकारी गराउँदै शुभकामना दिएका थिए ।
पाँचौ बार्षिकोत्सवको अवसरमा ल्यावले होलबडीमा ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । होलबडीमा न्युनतम ३५ सयदेखि १० हजार ५ सयसम्मका बिभिन्न प्याकेजहरु राखिएको छ ।
त्यस्तै सम्पूर्ण स्वास्थ्य जाँचमा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । त्यस्तै थाइराइडका बिरामीहरुका लागि थाइराइड जाँचमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।
निशुल्क सुगर जाँचको सुबिधा पनि दिएको छ ।
आर्थिक हिसावले बिपन्न बिरामीहरुलाई पनि सुगर जाँचमा सहज होस् भनेर दैनिक निशुल्क सुगर जाँचको ब्यवस्था गरिएको ल्यावका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए ।
