दमक/आज झापाको दमकमा बृहत श्रीकृष्ण रथयात्रा निकालिएको छ ।

एकताको शुत्रमा बाँधिन सन्देश दिदैं हरेक बर्ष श्रीकृष्णजनाष्टमी पर्वको भोली पल्ट निकालिने रथ यात्रा दमकमा लगातार निकाल्न थालिएको यो चौथो पटक हो ।
श्रीकृष्ण रथ यात्रा समितिले विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुको सक्रिय सहभागितामा राधाकृष्ण मन्दिर परिसरबाट शुरु भएको रथयात्रालाई व्यवस्थित बनाउन ट्राफिक प्रहरी कार्यालय दमक, सशस्त्र प्रहरी, जनपथ प्रहरीसहित स्थानीय सामाजिक तथा स्वयंसेवी संस्थाका स्वयंसेवकहरु परिचालन भएका थिए ।

रथयात्राको स्वागतार्थ दमकका मुख्य सडक तथा बजार क्षेत्रमा आज लायन्स क्लबहरु, क्वीन्स इन्टरनेशनल दमक र पहिलो पाइला नेपालको संयुक्त सहभागितामा बिहानै सरसफाई कार्यक्रम गरिएको थियो ।

यात्राका क्रममा जल, प्रसाद आदि वितरणको व्यवस्था मिलाइएको थियो भने ठाउँ ठाउँमा भजन कीर्तन टोलीहरु सहित विभिन्न क्लबहरुले समेत समन्वयकारी भुमिका निर्वाह गरेका थिए ।

आकर्षक डिजाइनमा बनाइएको रथलाई परिक्रमा गराउने क्रममा बाजागाजासहित श्रीकृष्णका भजन र महिमा श्रवण गराइएको थियो । रथयात्रामा हजारौं भक्तजनहरु सहभागी थिए ।

Facebook Comments Box