कमल / कमल गाउँपालिकामा नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो एक बर्षको कार्यकालमा झण्डै ४ किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश र स्थानीय सरकारको स्रोतबाट विभिन्न सडकहरुको ३ हजार ८ सय मिटर खण्ड कालोपत्रे भएको पाइएको हो ।  गाउँपालिकाका इञ्जिनियर सागर यादवका अनुसार  चालु आर्थिक बर्षको जेठको दोश्रो सातासम्म वडाका विभिन्न स्थानका ३८ सय मिटर सडकमा कालोपत्र निर्माण भएको छ ।   त्यसमा ४ करोड बढी खर्च भएको उनले बताए ।

पालिकाले चालु बर्षमा ४हजार ५ सय ७६ मिटर सडक स्तरन्नति गरि कालोपत्र गर्ने लक्ष्य राखेको थियो । माथिल्लो तहका सरकारबाट प्राप्त हुने बजेटमा भएको कटौतीका कारण लक्ष्य अनुसार शत प्रतिशत योजना सम्पन्न हुने अवस्था नरहेपनि गरिएका काम गुणस्तरीय र मापदण्ड अनुसार गर्न गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।  प्रदेशमार्फत कमल १ र ३ मा गरि दुई वटा र अन्य भने वडा तथा पालिकाको विभिन्न योजना अन्तर्गत भित्री बाटोमा कालोपत्र भएको इन्जिनियर यादवले जनाएका छन् ।

Facebook Comments Box