नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्। । गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग बोल्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएएको बताए ।
सर्वाेच्च अदालतको आदेश र कानुन मानेरै आफूहरू जेल बसेको बताउँदै उनले सरकारले नै गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुखद् भएको बताए। सत्य तथ्य सार्वजनिक गरी टीकापुरमा मारिने प्रहरी र अढाइ वर्षीय बालकले पनि न्याय पाउनुपर्ने उनले बताए ।
ुलाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ– उनले भने,–सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ, अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ, र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ । उनले विपक्षीहरूले सोचेजस्तो यो घटना हो र होइन भन्ने अन्तिम सत्य थाहा पाउनुपर्ने बताए ।
आफ्नो श्रीमान् कसरी मरे, आफ्नो दाइ–भाइ कसरी मारिए, आफ्नो बच्चाले कसरी सहादता प्राप्त र्गयो ? अन्तिम सत्य परिवारले थाहा पाउनुपर्छ,ु उनले भने । यसका लागि आफूले पनि उनीहरूलाई सघाउने आश्वासन उनले दिए । आन्दोलनको भिडिओ हेर्न अनुरोध गर्दै उनले उनीहरूले सोचेजस्तो दोषी आफूहरू नभएको दाबी उनले गरे ।