श्रीच्छाले जितिन मिस नेपालको उपाधि

Author Nishkarsha News
२०८० जेष्ठ १३, शनिबार २१:२४

श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि हात पारेकी हुन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।

२३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्