क्लिनिक तथा अस्पतालहरुमा स्वास्थ्य परिक्षणको रिपोर्ट अलग अलग देखिँदा दमकबासीहरुले ४ बर्ष अघिसम्म निक्कै सास्ती ब्यहोर्नु परिरहेको थियो । स्वास्थ्य उपचारको विश्वस्त आधार भनेकै रोगको पहिचान हो ।
रोगको वास्तविक पहिचान नगरी अनुमानका भरमा गरिने उपचारले स्वास्थ्यमा गम्भिर असर पुरयाउने कुरामा दुईमत छैन । यो समस्याबाट हैरान भएका दमक र आसपास क्षेत्रका सर्वसाधारणका लागि भरपर्दो र विश्वसनिय ल्याब सेवा ( रगत परिक्षण सेवा) पाउन नसक्दा चिकित्सकहरु आफैंले दिने उपचार तथा औषधीको सिफारिस गर्न द्धिविधामा पर्नुपथ्र्यो । यो समस्यालाई मध्यनजर गर्दै दमक, उर्लाबारीसहित आसपास सम्म रहेका स्वास्थ्य क्षेत्रका अनुभवी डाक्टरहरुसहितको टिमले दमकमै गुणस्तरीय ल्याव सेवा सञ्चालन गर्ने निधो गरे ।

यसैको फलस्वरुप दमकको व्यस्त चोकमा स्थापना भयो निर्णायक रेफरेन्स ल्याब । ल्याबमा प्रयोग हुने मेसिन तथा उपकरण र दक्ष जनशक्तिको बन्दोबस्ती मिलायो निर्णायक ल्याबले । यहाँ रगत परिक्षण गर्ने नाममा जथभावी खुलेका प्याथोलोजीहरु भन्दा गुणस्तरीय सेवाका लागि अत्याधुनिक उपकरणहरुको बन्दोबस्तीसहित पूर्वाधार व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको निर्णायक ल्याब सञ्चालनका लागि स्थापित निर्णायक रेफरेन्स ल्याब प्रालिको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन कृष्ण कार्कीले । पत्रकारिताको २५ बर्ष लामो पृष्ठभुमीबाट आएका कार्की दमक क्षेत्रमा सफल लगानीकर्ताको पहिचान बनाएका व्यक्ति हुन ।
यहाँको अनुभवी व्यक्तिहरुसँगको निकटतम सम्बन्धका कारण उनी यस क्षेत्रमा क्रमश अघि बढाइरहेका छन । जनसम्पर्कका साथै पहुँचका हिसाबले समेत कार्की अग्रपक्तिंमा छन । कार्की भन्छन– बिर्तामोड, इलाम र पाँचथरका बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरु, निजी क्लिनिक, फार्मेसीहरुबाट समेत ल्याब सेवाका लागि बिरामीहरु आउने गरेका छन । अत्याधुनिक मेशिन र केमिकल प्रयोग गरी रगतको जाँच गरिने सिस्टम यहाँ भएकाले धेरैका लागि यो खुशीको बिषय हो – कार्कीले भने ।
चार बर्ष अघि २०७६ साल जेठ १५ गते स्थापना भएको ल्यावले आफ्नो स्थापना र नयाँ बर्ष २०८० को अवसरमा घोषणा गरेको होलबडी लगायतका स्वास्थ्य जाँचमा भारी छुटको सुविधा समेत ल्याएको थियो । यो सुविधा संस्थाको बार्षिकोत्सवपछिका केही दिन सम्म पनि कामयै राखिने कार्कीले बताए । कार्कीका अनुसार अहिले ल्यावमा सम्पूर्ण स्वास्थ्य जाँच ४० प्रतिशतसम्मको बम्पर छुटसहितका बिभिन्न छुटको सुबिधा दिइएको छ । यो ल्यावले होलबडीमा ४० प्रतिशतसम्म छुट दिने जनाएको छ । होलबडीमा न्युनतम ३५ सयदेखि १० हजार ५ सयसम्मका बिभिन्न प्याकेजहरु राखिएको छ । त्यस्तै सम्पूर्ण स्वास्थ्य जाँचमा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । त्यस्तै थाइराइडका बिरामीहरुका लागि थाइराइड जाँचमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।
त्यसैगरी सुगरका बिरामीहरुका लागि निशुल्क सुगर जाँचको सुबिधा पनि दिएको छ । आर्थिक हिसावले बिपन्न बिरामीहरुलाई पनि सुगर जाँचमा समस्या सहज होस् भनेर दैनिक निशुल्क सुगर जाँचको ब्यवस्था गरिएको छ । २०७६ साल जेठ १५ गते दमक चोकको भिसी मार्केटमा स्थापना भएको यो ल्याव दमकको एकमात्र विश्वसनिय र मान्यता प्राप्त अत्याधुनिक प्रविधिजडित रेफेरेन्स ल्याव हो । ल्यावमा बिभिन्न टेष्टहरु गर्ने बिश्वबिख्यात केलिया ब्राण्डका ब्याकमेन कुल्टर एसेस टु र इर्वा कम्पनीका उत्कृष्ट मेशिनहरुबाट स्वास्थ्य परिक्षण गरिन्छ । ब्याकमेन कुल्टर मेशिन क्यान्सर, प्रोस्टेट, थाइराइड, भिटामिन जस्ता महत्वपुर्ण टेस्टहरु गर्न बिश्वमै राम्रो मेशिनमध्ये एक हो । यो मेशिन नेपालमा रहेका ठुला मेडिकल कलेजहरु र ए ग्रेडका ल्यावहरुले मात्र प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ ब्याकमेन कुल्टरकै अर्काे मेशिनले सिबिसी जाँच गरिन्छ । यहाँबाट स्वास्थ्य परिक्षणका लागि काठमाण्डौ , सिलिगुढी जानुपर्ने बाध्यताको अन्त्य भएको छ – कार्कीले भने ।