दमक/ झापाका दुई स्थानबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका र मेचीनगर नगरपालिका दुई स्थानबाट चार जना पक्राउ परेका हुन ।
बुधबार हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थितमा चेक जाँचको क्रममा मे. १० प ६९०७ नम्वरको मोटरसाईकलमा सवार पाँचथर याङवरक गाउँपालिका ५ का २६ बर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ बर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी दमक नगरपालिका ३ का ३२ बर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको हो भने दमक ९ का २२ बर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।