प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बताउनुभएको हो ।
उहाँले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताउनुभयो ।
त्यस्तै, सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषि देखिएकाहरुलाई प्रहरीले नछाड्ने बताउनुभयो । उहाँले प्रहरीले निर्भिकतापूर्वक र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडी बढाइरहेको बताउनुभयो ।