दमक/ गौरादहस्थित गौरादह उद्योग वाणिज्य संघको निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनमा मिश्रीत परिणाम आएको छ ।
मंगलबार मध्यरातमा सकिएको मतगणनाको परिणाम अनुसार संघको अध्यक्षमा पुनः जीतबहादुर कार्की विजयी भएका छन । उनले २५० मत प्राप्त गरेका छन । उनलाई नेकपा एमाले सम्बद्ध व्यवसायीहरुको समर्थन थियो भने स्वतन्त्र व्यवसायीहरुको समर्थन रहेको भनिएका अध्यक्षका अर्का प्रत्यासी प्रकाश बाँस्कोटाले १८२ र कांग्रेसको समर्थन पाएकी लक्ष्मी बारकोटी प्रसाईँले १७८ मत प्राप्त गरेकी छिन ।
संघको वरिष्ठ उपाध्यक्षमा अशोक चुँडाल २६७ मत ल्याएर विजयी भए । उनी बाह्रकोटी नेतृत्वको प्यानलका उम्मेदवार हुन । द्धितीय उपाध्यक्षमा दिलबहादुर अधिकारी ३१९ मत ल्याएर विजयी भए भने तृतीय उपाध्यक्षमा ताराकुमार श्रेष्ठ, महासचिवमा इश्वरकुमार खत्री अधिकारी र कोषाध्यक्षमा हरि कार्की विजयी भएका छन ।