दमकमा पनि आज सार्वजनिक विदा

Author Nishkarsha News
२०७६ भाद्र ६, शुक्रबार ०७:११

दमक/ आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा दमक नगरपालिकाले पनि सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाका निमित्त कार्यकारी अधिकृत  दिनेश न्यौपानेले हिजो हस्ताक्षर गरेर जारी गरेको सूचनामा सो विदा दिइएको उल्लेख छ ।

सूचनामा शनिबार बृहत रथयात्रामा सहभागिताका लागि पनि अनुरोध गरिएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्