गौरादह/ विश्व रेडक्रस दिवसको अवसरमा गौरादहमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रगत अभावलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ महिला र ५९ पुरुष गरि ७० जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको आयोजना तथा रक्तसञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोग रहेको गौरादह रेडक्रस सभापति भिम विजय बाँस्तोलाले जानकारी दिनुभयो।
सोमबार बिहान ७ः३० बजे देखी गौरादह बजारमा सञ्चालन गरिएको कार्यक्रममा सबैभन्दा बढि उमेर समूहका गौरादह १ का ६२ वर्षिय गोपाल घिमिरे कम उमेर समूहका गौरादह१ का १८ वर्षिय हेम नारायण शाहले रक्तदान गरेका थिए।
त्यस अवसरमा सबै रक्तदाताहरुलाई १/१ वटा बिरुवा समेत प्रदान गरिएको थियो।