दमक/झापा दमकका साहित्यकार शंकर चापागाइँ ( धनकुटे कान्छा) लाई यो बर्षको युवा बर्ष मोति पुरस्कार प्रदान गरिने भएको छ ।
‘युवा वर्ष मोति पुरस्कार’ चापागाईं र फुलवान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको हो ।

युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्ण पदक रहेको छ ।

पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यही भदौ १३ गते १५४ औं मोति जयन्तीका अवसरमा सो पुरस्कार तथा सम्मान गरिने जनाइएको छ । हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन् ।

Facebook Comments Box