दमक/ कमल गाउँपालिका वडा नं १ सरङपाडास्थित नरेन्द्र जनता माविका २४ जना बिद्यार्थीलाई छात्रवृत्ती वितरण तथा कक्षा १२ का बिद्यार्थीहरुसँग फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ । बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा पूर्व प्रधानाध्यापक अमर श्रेष्ठद्धारा स्थापित अक्षयकोषबाट २४ जना बिद्यार्थीलाई जनही २ हजारका दरले कूल ४८ हजार रुपैयाँ छात्रवृत्ती रकम वितरण गरिएको प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए ।

बिद्यालयकी पूर्व बिद्यार्थी समेत रहेकी कोशी प्रदेश सभा सदस्य बन्दना झाँगडको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल सरकारका उपसचिव मोहन कुमार घिमिरेको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रममा वडाध्यक्ष केदार कटुवाल , अक्षयकोषका सस्थापक अमर बहादुर श्रेष्ठ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेमप्रसाद पोखरेल, खगेन भण्डारी, शिक्षक अभिभावक संघका पदाधिकारी सदस्य लगायत एवं शैक्षिक सरोकारवालाहरुको आतिथ्य रहेको थियो । सो अवसरमा प्रमुख अतिथी झाँगडले आफनो तर्फबाट बिद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिने घोषणा गरिन । उनले बिद्यालयको बिकासमा आफनो तर्फबाट गर्न सकिने सबै पहल गर्ने प्रतिबद्धता पनि जनाइन ।

सो अवसरमा पालिका अध्यक्ष राईले आगामी बजेट तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिने उल्लेख गरे । बाटोघाटो बनाउने बजेट घटाएर भए पनि शिक्षा क्षेत्रको बिकासमा नलगाए सम्म वास्तविक बिकासको अनुभूति हुन नसक्ने बताउँदै अध्यक्ष राईले चेतनाको बिस्तार नै बिकासको मुल भएको उल्लेख गरे ।

यसै गरि उपसचिव घिमिरेले बिद्यालयको भौतिक बिकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शिक्षक लक्ष्मी प्रसाद प्रसाइँले गरेका थिए ।

Facebook Comments Box