दमक/ नेपाल यातायात मजदुर संघ झापाको पुर्नगठन भएको छ । संघको अध्यक्षमा दमकका गान्धी भण्डारी चयन भएका छन् ।

यस अघिका जिल्ला अध्यक्ष विश्वास कुमार कास्यपले पदबाट राजीनामा दिएपछि संघको जिल्ला कार्यसमिति भंग भएको थियो ।
संघको बिधान अनुसार भण्डारी अध्यक्षमा चयन भएका हुन् ।

भण्डारीको अध्यक्षतामा रहेको समितिको दुईजना उपाध्यक्षमा रमेश शिवाकोटी र वालकृष्ण श्रेष्ठ, सचिवमा गौतमकुमार लामा, सह सचिवमा देवनारायण ढुंगाना र कोषाध्यक्षमा प्रकाश कन्दङवा चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु बुढाथोकी, केशव श्रेष्ठ र खड्ग पाण्डे लगायत चयन भएका छन् ।

पार्टीका महासमिति सदस्य सुरेस सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष हरि थापा, ट्रेड युनियन कांग्रेस झापा जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष एवम् युवा व्यवसायी नेता गोकूल श्रेष्ठ लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

नव निर्वाचित समितिलाई नेपाल यातायात मजदुर संघ प्रदेश नम्बर १ का अध्यक्ष पूर्ण प्रधानले सपथ ग्रहण गराएका थिए । नयाँ नेतृत्वको दमकस्थित पार्टी कार्यालयमा सम्पन्न विशेष अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिको सपथग्रहणसहित पदभार ग्रहण समेत सम्पन्न भएको हो ।

Facebook Comments Box