दमक/ बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघाको अन्त्येष्टीमा स्थानीय सरकारले विदा दिएको छ । गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका बेघाको अन्त्येष्टीमा नेपाल र बेलायतको राष्ट्रिय झण्डा ओढाएर बेलायती उच्च अधिकारी तथा नेपाली सुरक्षाकर्मीहरुले सलामी दिएका छन । ८७ंं बर्षको उमेरमा निधन भएका उनको पार्थिव शरीरमा आज सम्म अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
यसैबीच भीसि बेघाको निधनमा दमकमा स्थानीय सरकारले विदा दिएको छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टीमा सहभागी हुन उनीप्रति उच्च सम्मान जनाउँदै आइतबार (आज) दमक नगरपालिका कार्यालय र मातहतका कार्यलयहरुमा विदा दिइएको कार्यवहाक नगर प्रमुख भिमप्रसाद पौडेलले जानकारी दिए ।
सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए ।
दमक ८ का स्थायीबासिन्दा उनका दुई श्रीमती मध्ये हाल श्रीमती पुनिमाया र चार छोरा छन् । बेघा मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वस्थ्य थिए ।
अनेरी क्याप्टेन समेत रहेका स्व. भिसी वेघाको पार्थिव शरीर अन्त्येष्टि पूर्व आइतवार विहान ७ वजेदेखि ११ वजे सम्म दमक ८ स्थित उनको निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो पछि दमक ६ स्थित उनकै आफनो नीजि किरात माङहिममा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि कार्य भइरहेको छ । अन्त्येष्टि कार्यक्रममा व्रिटीस सैनिकका उच्च अधिकारी, पूर्व वेलायती सैनिकका अधिकारीहरु लगायतको लगायतको समेत उपस्थिति रहेको छ ।

 

Facebook Comments Box