ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय श्रीप्रसाद कडरीयाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले बताए ।
बेलुका करिब ९ बजेतिर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खालि खुट्टामा बाहिर आगनमा निस्किएका बेला घर भित्र पस्ने बेलामा चट्याङ परेर उनलाई हुत्याएको थियो । चट्याङको करेन्ट लागेर शक्त घाइते भएका कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ ।
ताप्लेजुङकै मैवाखोला ४ मा तीनदिन अघि परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो ।