दमक/आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मोरङ लेटाङ ७ का एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टरमा उपचाररत ६५ बर्षिय गोविन्दप्रसाद नेपालको शनिबार मृत्यु भएको हो । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका नेपालको शरीरका अधिकांश भाग जलेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बिहीबार बिहान १०ः४० बजेतिर ग्यालेनमा पेट्रोल लिएर आएका वृद्धले आफ्नै शरीरमा खन्याएर आगो लगाएका थिए । पानी हालेर आगो निभाउँदै उद्धार गरेर उनलाई उपचारका लागि स्थानीयले अस्पताल र्पुयाए । आगोले वृद्धको शरीरका अधिकांश भाग, लगाएको कपडा र जुत्ता डढेको थियो । साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा उनको पहिचान खुलेको हो ।

 

Facebook Comments Box