दमक/ तिब्रगतिमा रहेको टिफरको ठक्करबाट मोरङमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली ८ का ३५ बर्षिय सुरेश दाहाल रहेका छन ।
ट्राफिक प्रहरीका अनुसार शुक्रबार कानेपोखरी गाउँपालिका वडा नं २ स्थित भित्रि कच्ची सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१–०२–००१ ख ८६८४ नम्बरको टिफरले बिपरीत दिशाबाट जादै गरेको मे ४ प ६८६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक दाहाल गम्भिर घाईते भएका थिए । उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा उपचारका क्रममा राती साढे १० बजे मृत्यु भएको हो ।