दमक/दमकमा क्रियाशील सामाजिक संस्थाहरु मध्येको जीवन चक्र समाज नेपाल विधिवत रुपमा प्रशासनिक निकायमा दर्ता भई सञ्चालनमा आएको आज एक बर्ष पूरा भएको छ ।
सो संस्थाले प्रथम बार्षिक उत्सवको अवसर पारेर आज दमक पब्लिक लाईबेरीमा ज्ञानगुनका कुरा पढ्न र पढाउन प्रेरित गर्ने उदेश्यले ४ हजार ५ सय रुपैयाँ बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।
संस्थाका उपाध्यक्ष टंक प्रसाद दाहाल ( सिद्धार्थ)को संयोजकत्वमा भएको सो कार्यक्रममा ईलाका प्रशासन कार्यलय दमकका निमित्त प्रमुख यज्ञ प्रसाद आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।
आचार्यले लाईबेरीका संस्थापक अध्यक्ष भेसराज न्यौपानेलाई ति पुस्तक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लाइब्रेरीका सञ्चालकहरु, आस्था र युनिक कलेजका प्राध्यापक, शिक्षक बिद्यार्थी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रममा आस्थाका क्याम्पस प्रमुख टेकनाथ भण्डारी, युनिक कलेजका प्रमुख लेखनाथ सेडाई, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका कोषाध्यक्ष प्रेम भट्टराई, दमक पब्लिक लाईबेरीका सचिव हरि सिटौलाले शुुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष गणेश प्रसाद गौतमले गरेका थिए ।