दमकमा चाँगे ताप्लेजुङ एकताको रक्तदान

Author Nishkarsha News
२०८० बैशाख १५, शुक्रबार १२:३९

दमक /  झापाको दमकमा शुक्रबार चाङे ताप्लेजुङ एकता सम्पर्क समाजले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । दमक चोकमा आयोजित कार्यक्रममा ७ महिलासहित ४७ जनाले रक्तदान गरेका समाजका कार्यसमिति सदस्य देउमान साम्रा लिम्बुले जानकारी दिए । दमक ७ का वडाध्यक्ष्य एवं दमक ताप्लेजुङ सम्पर्क मंचका अध्यक्ष भिम प्रसाद पौडेलको प्रमुख आतिथ्य र आयोजक सस्थाका अध्यक्ष बिजय आङबुहाङको अध्यक्षतामा भएको कार्यक्रमको सम्योजक , सस्थापक अध्यक्ष प्रकाश आङबुहाङ रहेका थिए ।

\समाजले आयोजना गरेको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त संचार शाखाले प्राबिधिक सहयोग पुर्याएको थियो । सो समाजले बिगत केही बर्ष यता पुर्ख्यौली ताप्लेजुङको चाङे घर भई हाल झापा मोरङ लगायत विभिन्न ठाउँमा बसोबास गर्दै आएका सर्वसाधारणलाई एकताको शुत्रमा बाध्ने काम गर्दै आफ्नो पुरानो थाकथलोमा समेत विभिन्न सामाजिक योगदान दिदै आएको अध्यक्ष आङ्बुहाङले जानकारी दिए ।

   सो कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष्य पौडेलले यसकिसिमका सामाजिक अभियान र सस्थाहरुले आम मानिसहरुका बीचमा भाइचाराको सम्बन्ध बढाउन र समाजप्रति योगदान दिन प्रेरणा मिल्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा अलो इन्जिनियरिङ , आराआरडीपी इन्जिनियरिङ एन्ड कन्सट्रक्सनको बिशेष सहयोग रहेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्