दमक/ दमक नगरपालिकाको ठुलो आन्तरिक आय सम्बन्धिका दुई वटा शीर्षकमा ठेक्का आव्हान गरेको छ । आगामी आर्थिक वर्षा २०८०/८१ का लागि ठेक्का आव्हान गरेको हो ।
प्रदेशमै नमुना र व्यवस्थित मानिएको दमक ७ स्थित दमक पशुहाटमा कृषि तथा पशुपंक्षीजन्य बस्तुको व्यवसायिक कारोबारमा लाग्ने पशुहाट कर र सोही वडामा रहेको दमक बसपार्क भित्र पार्किङ गरिने सवारी साधनको पार्किङ वापतको शुल्क असुल्न करिब २ करोड बराबरका अलग अलग ठेक्का आव्हान गरेको हो ।
नगरपालिकाले साप्ताहिक रुपमा हरेक बुधबार लाग्दै आएको पशुहाट करका लागि न्यूनतम ठेक्का अंक (मूल्य अभिवृद्धिकर बाहेक) को १ करोड २९ लाख ६५ हजार ७०० रुपैयाँ तोकेको छ भने पार्किङ सेवा शुल्कको न्यूनतम ठेक्का रकम ५८ लाख ४१ हजार रुपैयाँ तोकेको छ । नगरपालिकाले तोकेका ति अंकलाई न्यूनमत मानेर इच्छुक फर्म तथा कम्पनीहरुलाई एक महिना भित्र आफनो बोलपत्र पेश गर्न भनेको छ ।
दमकमा यि दुवै शीर्षकका ठेक्कालाई निक्कै महत्वसाथ हेरिने गर्छ । यि ठुला अंकका ठेक्काहरुमा कतिको पारदर्शीता हुने हो ? भन्ने प्रतिक्षाको बिषय बनेको छ ।