दमक \ विदेश अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई लक्षित गरेर झापाको दमकमा अल्फाविटाले १३ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बेलडाँगी रोडमा स्थापना गरिएको सो शाखाले आज आफनै कार्यालयमा पत्रकार सम्मेलन गरेर विगत ३२ बर्षदेखि काठमाडौंमा मुख्य कार्यालय स्थापना गरि शैक्षिक परामर्शको सेवा दिन खोलिएको सो संस्थाको शाखा दमकले पाउनु यहाँको लागि गर्वको बिषय भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा जनाइए अनुसार अल्फाविटाको शाखा सञ्चालनको पूर्व सन्ध्यामा बिहिबार दमकमा शैक्षिक सरोकारवाला निकाय, संघ संस्था तथा सर्वसाधारणको सहभागितामा बृहत अन्तरक्रिया तथा मोटिभेसनल कक्षा सञ्चालन गरिनेछ ।
लिड नेपालका प्रमुख, नविल बैंक तथा मेघा बैंकका पूर्व कार्यकारी प्रमुख अनिल केसरी साह, हवाइट हाउस कलेजका फायाकल्टी एडभाइजर डा धर्मराज काफले, र अल्फाविटा समुहका कार्यकारी प्रमुख द्धिराज शर्मा शिवाकोटीले  सो अन्तरक्रियामा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै विश्व शैक्षिक जगतको अवस्था र नेपालीहरुको आवश्यकता तथा अवस्थाका बारेमा जानकारीमूलक प्रशिक्षण दिने जनाइएको छ । करिब ३ सय बढीको सहभागितामा मारवाडी सेवा सदनमा सञ्चालन गरिने सो कार्यक्रमले बिदेश अध्ययन गर्न जाने तथा पठाउने बिद्यार्थीहरुमा सकारात्मक उर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
अल्फाविटा शाखा सञ्चालनको जिम्मेवारी लिएको कमारी एजुकेशन कन्सल्टेन्सी प्रालिका अध्यक्ष दिनेश अधिकारी, निर्देशक राजु थापा र जनसम्पर्क अधिकारी नविन योगीले सो कम्पनीले गहिरो अध्ययन , मेहनत र परामर्शपछि अल्फाविटाको शाखा प्राप्त गरेको बताउँदै विश्व शैक्षिक जगतमा नेपाली बिद्यार्थीहरुले आर्जेको ज्ञान र सिकेको सीपका माध्यमबाट स्वदेशमा समेत योगदान पुग्न सक्ने भएकाले शैक्षिक परामर्श केन्द्रहरुको सञ्चालनलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।
सो कन्सल्टेन्सीले विशेष गरि अष्टेलिया, अमेरिका , युकेसहित विश्वका २० मुलुकमा रहेका विश्वबिद्यालयहरुमा अध्ययनका लागि उपयुक्त परामर्श सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । सो कन्सल्टेन्सीमा आयल्स तथा विभिन्न भाषाका कक्षाहरु समेत सञ्चालन हुनेछ ।

Facebook Comments Box