दमक/ झापाको कमल गाउँपालिका वडा नं २ भुत्लुङमा नवोदय बोर्डिङ स्कूलको बसले किचेर एक जना अढाई बर्षकी एक बालिकाको ज्यान गएको छ ।
मंगलबार अपरान्ह करिक सवा ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा भएको सो दुर्घटनामा सोही ठाउँका पवन सुवेदीकी अढाई बर्षिया छोरी किन्जल सुवेदीको ज्यान गएको हो । उनलाई समयगढस्थित सो स्कूलको मे १ क ४०७ नम्बरको बसले किचेर गम्भिर घाइते बनाएको थियो । उनलाई उपचारका लागि गौरादहस्थित मेडिकलमा पुरयाएपछि तत्कालै मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज रोहित थापाले जानकारी दिए ।