दमक/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित कालिका माध्यमिक विद्यालयमा अनौठो घटना भएको छ ।
सो बिद्यालयमा अध्ययनरत १४ बर्षिया एक बालिकालाई कक्षाकोठामानै भएको समयमा सोही बिद्यालयका १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गर्दै भिडियो समेत बनाएर समाजिक संजालमा सम्प्रेषण गरेपछि प्रहरीले १३ जना बालिकाहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीमा घटनाका बिषमा जानकारी आएपछि प्रहरी टोलीले घटनामा संलग्न सबै बालिकालाई सोमबार नियन्त्रणमा लिएको छ । उनीहरुमाथि प्रहरीले ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गरेर थप अनुसन्धानका लागि मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको आदेश लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । संगठित कुटपिटबाट घाइते भएकी ति बालिकाको भने विर्तामोङस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आपसी विवादले झगडाको रुप लिएपछि सो घटना भएको बताइएको छ ।

Facebook Comments Box