भारतीय मकैसहितको टयाक्टर मेची भन्सारको जिम्मा

Author Nishkarsha News
२०८० बैशाख १२, मंगलवार १७:४३

दमक/ झापाको गौरीगञ्ज २ आँपगाछीमा भारतबाट अबैध रुपमा ल्याइएको मकैसहित एउटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मे १ त ७११० नम्बरको टयाक्टरमा लोड भएको ८८ बोरा मकैसहित टयाक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले आज मंगलबार बिहान ७ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

९६ हजार मुल्य बराबरको सो मकै र करिब ४ लाख मुल्य पर्ने टयाक्टर समेत प्रहरीले मेची भन्सार कार्यालय काँकरभिटटाको जिम्मा लगाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्