दमक/ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले दमक ८ स्थित झापा मोडल अंग्रेजी माविका बिद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसन रोकथाम र यस सम्बन्धि बिद्यमान कानुनी व्यवस्थाका बारेमा जनचेतनामुलक प्रशिक्षण दिएको छ ।
ईलाका प्रहरी कार्यालय दमकको आयोजनामा बिद्यालयसँगको समन्वयमा बिद्यालयका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थी , शिक्षक शिक्षिका समेत १०४ जनालाई सो प्रशिक्षण दिइएको बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । दमकबाट खटिएका प्रहर िनिरिक्षक देवानन्द मिश्रले लागुपदार्थ दुब्र्यसन, यसले मानव स्वास्थ्यमा र समाजमा पार्ने असर तथा नियन्त्रणका लागि राज्यद्धारा निर्धारित कानुनी सजायहरुका बिषयमा सचेतनामुलक प्रशिक्षण दिएका थिए । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालय , कलेज र टोल टोलमा यस किसिमका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । लागुपदार्थ प्रयोगको जोखिममा पर्न सक्ने सम्भावित उमेर समुहका बिद्यार्थीहरुलाई त्यस किसिमको कुलतमा फस्नबाट समयमै जोगाउन आवश्यक भएकाले यस किसिमको सचेतनामुलक कार्यक्रम बिद्यार्थीहरुमाझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Facebook Comments Box