दमक/ पत्रकार शालिकराम पूडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई छोड्न दबाब दिदैं झापामा पनि दिनदिनै प्रदर्शन हुन थालेको छ ।
दमकमा दुई दिन अघिदेखि लगातार साँझ पख रविमाथि अनुसन्धान नगरी छोड्नुपर्ने भन्दै एक समुहले प्रदर्शन गर्दै आएको छ ।
सो समुहले सरकार विरुद्ध समेत चर्को नाराबाजी गर्दै आएको छ । आज पनि केहि बेर पछि दमक चोकमा प्रदर्शनलाई निरन्तरता दिइने सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक हुँदै आएको छ ।
कमलको केर्खामा समेत रविलाई छोड्न दबाब दिदैं प्रदर्शन भएको छ भने आजै गौरादहमा पनि सरकारका विरोध र रविको समर्थनमा प्रदर्शन गर्ने तयारी भईरहेको जनाइएको छ ।