तनहुँ क्षेत्र नम्बर १ मा राष्टिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य विजयी भएका छन्। ।

१० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन्। । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्टपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको थियो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भटटराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। ।

त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेका छन्। स्वर्णिमले यहाँ सुरुवातदेखि नै अग्रता लिएका थिए । वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको औपचारिक घोषणा गरेका थिए । सोही दिन उनलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो ।

Facebook Comments Box