बैरागी काइँला एक लाख राशीको पुरस्कारबाट सम्मानित

Author Nishkarsha News
२०८० बैशाख ११, सोमबार १४:१४

काठमाडौं/ साहित्यकार बैरागी काइँला एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनु भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई  ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित वानीरा पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, भीमबहादुर बोटेलाई पनि २५ हजार नगदसहित वानीरा सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्