आइतवार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा करिब ५ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ ।
उहाँ कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ । वाग्लेले २ हजार ७६७ मत ल्याउँदा भट्टराईले १ हजार २८५ मत प्राप्त गरेका गर्नुभएको छ । एमाले उम्मेदवार सर्वेन्द्र खनालको ८२० मत छ । रातिदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना सकिएको छ ।