दमक/ दमकको मुख्य चौंक क्षेत्रका दुई वटा पसलमा चोरी भएको छ । दमक– ८ बिकास मार्ग र सेतुमारी मार्गका दुई वटा पसलमा चोरी भएको हो । पीडितहरुका अनुसार शुक्रवार राति दमकको बिकास मार्गस्थित श्रेष्ठ किराना पसल र शनिवार राति सेतुमारी मार्गस्थित लाइफ मोवाईल पसलबाट करिब दुई लाख भन्दा बढीको मालसामान चोरी भएको छ ।
ती दुवै पसलको रातीपख सटर तोडेर नगद तथा अन्य सरसमानहरु चोरी गरेको लाइफ मोवाइलका सञ्चालक उद्धव श्रेष्ठले बताएका छन् । इलाका प्रहरी कार्यालयदेखि ५ सय मिटरको दुरीमा अवस्थित ती दुवै पसलमा चोरी गर्नेको पहिचान हुन सकेको छैन् ।
दमकका दुई पसलमा चोरी
Nishkarsha News
२०८० बैशाख १०, आईतवार १९:४९