दमक/ नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रासरुट अभियानका क्रममा शनिबार झापाको कमल गाउँपालिकामा भुमिगतकालका सेल्टरदाता, सहिद परिवार तथा पूर्णकालिन कार्यकर्ताहरुलाई सम्मान गरिएको छ ।

एमाले गाउँकमिटीका अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले अभियानका क्रममा सञ्चालनका भएका विभिन्न गतिविधि समेटिएको प्रतिवेदन समेत पेश गर्नु भएको थियो । अभियानका लागि पार्टी केन्द्रिय कमिटीबाट खटिनु भएकी पार्टी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य ईन्दू गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका सात वटै वडामा रहेका ८९ जनासेल्टरदाता, सहिद परिवार तथा पूर्णकालिन कार्यकर्ताहरुलाई सम्मान गरिएकोे पाटी गाउँ कमिटी सचिव हरि ढकालले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा पार्टी गाउँ कमिटी उपाध्यक्ष पृथ्वीपति राईले अभियानले पार्टीमा नयाँ आशा र जागरणको सञ्चार गराएको बताउनु भयो । कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, गाउँ कमिटीका सदस्य तथा पदाधिकारी एवम् विभिन्न नेतााहरुको उपस्थिीति रहेको थियो । अभियानका क्रममा प्रत्येक वडा तथा टोल सम्म पुगेर पार्टीलाई थप गतिशिल बनाउन विभिन्न कार्यक्रमहरु गरिएको अभियानका लागि खटिनु भएका प्रदेश कमिटी सदस्य डम्बर अधिकारीले बताउनुभयो । अभियानका क्रममा विभिन्न वडाहरुमा समेत अग्रजहरुलाई सम्मान, पार्टी एवम् जनवर्गीय संगठनका अधिवेशन, नयाँ नेतृत्व चयन, विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश लगायतका कार्यक्रमहरु भएको एमालेले जनाएको छ ।