दमक ८ का ४० जना ज्येष्ठहरुलाई सम्मा
दमक । झापाको दमक ८ मा ४० जना बृद्धाहरुलाई सामूहिक सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक ८ को वडा समितिले माता तिर्थको अवसरमा आज शनिबार औपचारिक कार्यक्रम गरी ९२ बर्षिया महेश्वरा विश्वकर्मासहित ८० बर्ष माथिका बृद्धाहरुलाई सम्मान गरेको हो ।
प्रतिष्ठानका वडा समिति अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षता र दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा ज्येष्ठ आमाहरुलाई सम्मानसहित फलफुल समेत वितरण गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरु ममता गजमेर, हरिमाया चुँडाल, ख्याम श्रेष्ठ लगायत, डोयना दाहाल,स्थानीय सामाजिक व्यक्तित्वहरुको आतिथ्य रहेको थियो । कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकहरु समाजका पथप्रदर्शक र अनुभवका खानी भएको चर्चा गर्दै ज्येष्ठ नागरिकहरुलाई समाजले यथोचित सम्मान गर्नुपर्नेमा जोड दिए ।

Facebook Comments Box