दमक/ सत्तारुढ नेकपाका २ प्रदेश अध्यक्ष प्रभु साहले पदबाट राजीनामा गरेका छन् ।
अध्यक्षबाट साहले पार्टी केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल – प्रचण्ड समक्ष राजीनामा दिएका बताइएको छ ।
साह स्थायी कमिटिको दाबेदार रुपमा रहेका थिए । तर उनलाई पार्टीले प्रदेश अध्यक्ष बनाएपछि असन्तुष्ट थिए ।
प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा पार्टी नेतृत्वले प्रदेश कमिटीसँग सरसल्लाह नगरेकोमा पनि उनी असन्तुष्ट छन् ।