दमक/ उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार (हिजो) राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले २१ ग्राम ब्राउनसुगर फेला पारेको थियो । सो सामग्री बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २८ बर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

Facebook Comments Box