दमक/  गौरीगञ्ज गाउँपालिका ३ नम्बर वडा कार्यालयले वडाका गतिबिधिहरुसहित सूचना तथा सन्देशमुलक बार्षिक भित्ते पात्रो प्रकाशन गरेको छ ।
वडा कार्यालयले २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनपछि जिम्मेवारी सम्हालेका जनप्रतिनिधिहरुबाट वडामा भए गरेका बिकास निर्माण गतिबिधिका अतिरिक्त अत्यावश्यक सेवाको सम्पर्क नम्बर समेत संलग्न राखेर बिक्रम सम्बत २०८० को भित्ते पात्रो प्रकाशनमा ल्याएको हो ।
भित्ते पात्रोले वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुसँग वडाबासीहरुलाई सम्पर्कमा सहजता ल्याउन, वडाले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुका बारेमा वडाबासीलाई सुसूचित गराउन मद्धत पुरयाउने विश्वास लिइएको ३ नम्बर वडाध्यक्ष श्रवण गिरीले जानकारी दिए । भित्तेपात्रोको सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच जनप्रतिनिधि, कर्मचारी तथा वडास्थित सेवाग्राहीहरुले सामुहिक रुपमा लोकार्पण गरेका छन । प्रकाशित भित्ते पात्रो सेवाग्राही तथा वडाबासीका घर घरमा पुरयाउने लक्ष्य राखिएको वडा सदस्य गंगा राजवंशीले बताए ।

 

 

 

 

Facebook Comments Box