दमक/  झापा ,दमक ९ का नरप्रसाद सिटौलाको परिवारले कन्काई मुक्तिघाटमा पारिवारिक खर्चमा पितृहरुको स्मृतिमा खानेपानीको व्यवस्थासहित चार कोठे पक्की स्नान गृह र  चिताहा निर्माण गरिदिएका छन् ।


नरप्रसाद र उनकी धर्मपत्नी सावित्रादेवी, छोराबुहारी, टंकप्रसाद र सावित्रा , युवराज तथा बुहारी विपना,  छोरी ज्वाइँ नाती नातिनासहितले करिब १४ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको सो स्नान गृहको सोमबार मुक्तिघाटमा आयोजित संक्षिप्त कार्यक्रममा मुक्तिघाट निर्माण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
नवनिर्मित सो चार कोठे पक्की भवनमा महिला पुरुषका लागि अपागं मैत्री छुटटा छुटै स्नान गृह र खानेपानीको धारा समेत जडान गरिएको छ । निर्माणकर्ता परिवारका सदस्य टंक प्रसाद सिटौलाले पितृहरुको उद्धारको कामना गर्दैै कन्काई मुक्तिघाटमा दाहसंस्कारका लागि आउने किरियापुत्री एवं मलामीजनको सहजताका लागि पारिवारिक सल्लाह अनुसार सो कार्य गरिएको बताएका छन् ।
नवनिर्मित भवनको दाता परिवारका मुली नरप्रसाद सिटौलाले कन्काई मुक्तिघाट निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा अध्यक्ष बस्नेतले दाता परिवारका तर्फबाट मुक्तिघाट व्यवस्थापनमा सहजताका लागि निर्माण गरिदिएको संरचना समाजका लागि उदाहरण बनेको चर्चा गरे । संस्थाले दाता परिवारहरुको उचित मूल्याकंन गर्ने पनि उल्लेख गरे । सिटौला सेवा समाजका झापा अध्यक्ष प्रेमप्रकाश सिटौलाले दाता परिवारले सार्वजनिक हितका लागि गरेको सो योगदानको प्रशंसा गरे ।

Facebook Comments Box