दमक/ दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) प्रभावकारी संघीय शासन प्रबद्र्र्धन अध्ययनका लागि अष्ट्रेलिया गएकी छन ।
अष्ट्रेलीयाको क्विन्सल्याण्ड विश्वविद्यालयमा द एसिया फाउन्डेसनको सहयोगमा अष्ट्रेलिया अवार्ड कार्यक्रम, अष्ट्रेलिया राजदुतावास नेपाल र नेपाल सरकारको सहकार्यमा सञ्चालित सो कार्यक्रममा सहभागी हुन उपप्रमुख भट्टराई अष्ट्रेलिया गएकी हुन ।
अप्रिल १५ देखि ३० तारिख ( १५ दिन सम्म) हुने कार्यक्रममा सहभागी हुन उपप्रमुख भट्टराई त्यसतर्फ गएकी हुन । सोबाट दमक नगरपालिकाको कार्यसम्पादन सुधार गर्न बहुमूल्य अन्तरदृष्टि र अभ्यासहरू प्राप्त हुने अपेक्षा गरिएको छ ।
