दमक/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिबासी रंगशालामा सम्मेलनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
दमक ४ स्थित दाहाल प्रतिष्ठानमा सम्पन्न वन्द सत्रले पुनः डा. प्रेम दंगालको अध्यक्षतामा राष्ट्रिय समिति गठन गरेको हो । महासंघका ५ उपाध्यक्ष, ७ सचिव, १ महासचिव र २ उपमहासचिव पनि निर्वाचित भएका छन् । उपाध्यक्षमा झापाका बेनुप्रसाद शिवाकोटी दोश्रो कार्यकालका लागि पुन निर्वाचित भए भने अन्य उपाध्यक्षहरुमा राजकुमार उप्रेती, सुर्यबहादुर साही, खड्गबहादुर खड्का र रामशरण आले रहेका छन् ।
यस्तै महासंघको महासचिवमा बाबुराम थापा, सचिवमा दमकका विश्व बराल निर्वाचित भएका छन् । सम्मेलनको वन्दसत्रले अध्यक्षको प्रतिवेदन सहित संगठनको विधान समेत पारित गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठक यहि १६ गते काठमाडौमा बस्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् ।
