दमक/ नयाँ बर्ष २०८० प्रारम्भको अवसर पारेर आज शुक्रबार झापाको दमकमा रहेका पौडेल बन्धुहरुबीच पुनर्मिलन, परिचयात्मक तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
पौडेल युवा मञ्च दमक नगर समितिको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथी दमक ७ का वडाध्यक्ष एवं पौडयाल वंशोद्धार केन्द्रिय समितिका पूर्व अध्यक्ष भिम प्रसाद पौडेल रहेका थिए । कार्यक्रममा वडाध्यक्ष पौडेलले राजनीतिक आस्था, विचार भन्दा माथि उठेर पौडेल बन्धुहरुले समाज रुपान्तरणमा सकारात्मक भुमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको बताए ।


पार्टी , संगठन भन्दा माथि उठेर बन्धुहरुबीच भाइचारा र भातृत्वको बिकास गर्नु अपरिहार्य भएको उल्लेख गर्दै वडाध्यक्ष पौडेलले केन्द्रिय समितिको निर्माणाधिन भवनस्थलको जग्गा प्राप्ती र भवन निर्माणको सन्दर्भमा विगतदेखि वर्तमान सम्मको अवस्थाबारेमा समेत जानकारी गराएका थिए ।

वंशोद्धार केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष प्रल्हाद पौडेलको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौडेलको आतिथ्य रहेको थियो । पौडेल युवा मञ्च दमक नगर समितिका अध्यक्ष थरेन्द्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना आदनप्रदानसँगै युवा पुस्ताहरुले आफनो इतिहास, पुर्खाहरुले गरेको योगदानको स्मरण गर्दै युवाहरुलाई एकताबद्ध भएर अघि बढन आग्रह गरे । सो अवसरमा बार्षिक भित्ते पात्रोको प्रमुख अतिथी, विशिष्ट अतिथी , अतिथीहरुले सामुहिक रुपमा विमोचन समेत गरेका थिए । कार्यक्रममा युवा मञ्चका सल्लाहकार संयोजक राम प्रसाद पौडेलले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।   दमक नगर र आसपासबाट समेत एक सय भन्दा बढी पौडेल बन्धुहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box