दमक/ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र सो प्रकरणमा नाम जोडिएपछि कानुन सम्वत छानबिनको दायरामा रहेका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेको बिषयमा सत्तारुढ नेकपाले सचेत गराएको छ ।

लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनप्रति सो पार्टीले गम्भीर ध्यानार्षण भएको जनाएको हो । नेकपा, चितवन जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै केही दिनयता भइरहेको प्रदर्शन अनुसन्धानलाई प्रभावित पार्ने मनसायबाट भइरहेको भन्दै जनताको ठूलो बलिदानीबाट प्राप्त परिवर्तन विरोधी नारा लगाएर अपमान गर्न खोजिएको उल्लेख छ ।

नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव तथा सांसद कृष्णभक्त पोख्रेललले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘पार्टी नेतृत्वविरुद्ध नामै किटेर अनावश्यक गालीगलो गर्ने र धमिलो पानीमा माछा मार्न खोज्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’

Facebook Comments Box