दमक/ दमक ४ स्थित मानसरोवर ईन्ष्टिच्युट अफ हेल्थ एण्ड टेक्नोलोजी– मिष्ट कलेजले बिहिबार १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । कलेज सञ्चालक समिति अध्यक्ष रन्जू भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य नम्बरलाल धिमाल रहनु भएको थियो । संस्थाका प्रमुख संरक्षक डा. गोपाल भण्डारी, सदस्यहरु लक्ष्मी पौडेल, उत्तमलाल पण्डित, स्वास्थ्यकर्मी वालचन्द्र सुव्वा लगायत शैक्षिक तथा सामािजक अगुवाहरुको कार्यक्रममा आतिथ्यता रहेको थियो । कलेजले हेल्थ असिस्टेन्ट र डिप्लोमा फार्मेसी विषयको अध्यापन गराउँदै आएको कलेजका प्राविधिक निर्देशक प्रणव भण्डारीले जानकारी दिनु भएको छ । कलेजमा देशका विभिन्न भागबाट आउने विद्यार्थीहरु अध्ययनरत रहेको उहाँले जनाउनुभयो । दुवै विषयमा ४०÷४० विद्यार्थीलाई अध्ययन गराईने गरेको कलेजकी लेखा प्रमुख अनिता खत्रीले जानकारी दिनु भएको छ ।
Facebook Comments Box